जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका १० भावपुर बस्ने २४ वर्षीय विष्णु चौधरी रहेका छन् ।

उनलाई रुपन्देहीको मायादेवी गाउँपालिका–८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई कारागार कार्यालय तौलिहवा पठाइएको जनाइएको छ ।

चौधरी २०८२ भदौ २५ गते तौलिहवा कारागारबाट भागेका थिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...