
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ सयले बढेर २ लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको २ लाख ९५ हजार ७ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ४४४० मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको ४४०५ मा कारोबार भएको थियो।

