बूढीगण्डकीमा बाढीको कहर, पुल र घर बगाउँदा १० जना बेपत्ता

cp new add
Nisharg hospital

बूढीगण्डकी नदीमा आएको बाढीले गोरखामा ६ वटा पुल र करिब ३५ घर बगाएको छ । बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् ।

बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको छ । त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बगेको छ ।

यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्‍याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।

बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित पैयुँ र बगरका करिब ३५ घर बगाएको छ । जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा समेत बाढीले क्षति पुर्‍याएको छ ।

बाढीपछि कम्तीमा १० जना सम्पर्कविहीन रहेको जनाइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...