
२ मंसिर, धनगढी । मिस नेपाल नर्थ अमेरिका २०२२ की विजेता प्रत्युशा बोहोराले डोटीको एक विद्यालयलाई शैक्षिक उपकरण सहयोग गरेकी छिन ।
उनले डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ मा रहेको दुर्गा आधारभुत विद्यालयलाई कम्प्यूटर ल्यावका लागि १० थान कम्प्यूटर, १० ओटा टेबल, १० कुर्सी, एउटा प्रिन्टरसहितको फोटोकपि मेसिन, ल्याव कोठामा लगाउन पर्दा, कार्पेट आदि शैक्षिक उपकरण सहयोग गरेकी हुन ।
विद्यालयमा ल्यावका लागि करिब ७ लाख बराबरको सामानहरु सहयोग गरिएको उनले बताइन । बोहोराका अनुसार अमेरिकामा रहेका ३५ जना नेपालीहरुले रकम सहयोग गरेका हुन ।
सुदूरपश्चिमका दुर्गम क्षेत्रमा रहेका अन्य विद्यालयहरुमा पनि शैक्षिक उपकरण सहयोग गर्ने योजना रहेको उनले बताइन । अमेरिकामै आफ्नो बसाइ रहेको बताउँदै उनले यही कामका लागि मात्र नेपाल आएको बताइन ।
काठमाडौँको कोटेश्वर घर भएकी उनले आफूहरु पहिला धनगढीमा पनि बसेको बताइन् ।

