byd
care tekar

कैलाली दुर्घटनामा ससुराली आएका श्रीमान-श्रीमती र छोरा घाइते, बुवाको अवस्था चिन्ताजनक

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीको गोदावरीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा बुवा गम्भीर घाइते भएका छन् भने उनकी श्रीमती र डेढ वर्षीय छोरा पनि घाइते भएका छन्। दुर्घटनामा चार जना गम्भीर र तीन जना मध्यम घाइते भएका छन्।

sanjiwan
Nisharg

मंगलबार साँझतिर गोदावरी नगरपालिका–४ स्थित वनदेवी मन्दिर नजिक अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको अटो र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

maya metro
nagrik
Gyan Hotel
udhog

दुर्घटनामा अटोमा सवार बर्दियाको बर्दिया गाउँपालिका–७ घर भई हाल कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडास्थित ससुराली घर आएका ३१ वर्षीय भीमबहादुर महतरा क्षेत्री गम्भीर घाइते भएका छन्। उनको टाउको र शरीरमा चोट लागेको छ।

HAMRO DAIRY
Nav

उनकी ३० वर्षीया श्रीमती मेनुका महतराको टाउको, दाहिने खुट्टा र शरीरमा चोट लागेको छ। डेढ वर्षीय छोरा रिदम महतराको बायाँ आँखा र पेटमा चोट लागेको छ। आमा र छोराको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ का ३६ वर्षीय निरज रावत, मोटरसाइकलमा पछाडि सवार गोदावरी नगरपालिका–६ लालपुरका ४६ वर्षीय भरत बूढा, अटो चालक गोदावरी नगरपालिका–६ लालपुरका ३८ वर्षीय गणेश आले र अटोमा सवार अन्य एक जना गम्भीर घाइते भएका छन्।

अटोमा सवार चुरे गाउँपालिका–५ का ४० वर्षीय चन्द्रबहादुर रानाको टाउको र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।

दुर्घटनाबारे साँझ ७ बजे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मालाखेती र अस्थायी प्रहरी पोस्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाएको थियो।

दुर्घटनामा संलग्न अटो र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...