byd
care tekar

फोनमा भनाभन भएको हो, महिला हिंसा गरेको छैन- प्रस्तावित राजदूत सुनार

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाण्डौ । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफूमाथि लागेको महिला हिंसासम्बन्धी आरोप अस्वीकार गरेका छन्।

sanjiwan
Nisharg

बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै उनले १३ वर्षअघि फोनमा भनाभन भएको विषयलाई अहिले महिला हिंसाको आरोपका रूपमा उठाइएको दाबी गरेका हुन्।

maya metro
nagrik
Gyan Hotel
udhog

रास्वपा सांसद मधुकुमार चौलागाईंले प्रस्तावित राजदूत सुनारमाथि महिलासम्बन्धी घरेलु हिंसा र फौजदारी अभियोगमा मिलापत्र गरेको आरोप रहेको उल्लेख गर्दै भनेका थिए, ‘तपाईं दलित अभियन्ताको रूपमा करोडौँ रकम असलु गर्नुभयो। नेपाल प्रहरीको डिआइजीबाट एआइजीमा बढुवाका लागि पैसा असुल गर्नुभयो। सांसद पद मिलाइदिन्छु भनेर असुल गर्नुभयो भनेर आर्थिक आरोप लागेको छ। तपाईं हाम्रो नेपाल पार्टीमा केन्द्रीय सदस्य भएकाले राजदूतका लागि योग्य नभएको भन्ने कुरा छ। आबद्धता तोड्नुभएको छ कि छैन, जर्मनबाट डिपोर्ट गरेर पठाएको भन्ने पनि रहेछ।’

HAMRO DAIRY

प्रस्तावित राजदूत सुनारले आफूले महिला हिंसाविरूद्ध जनचेतना फैलाउने तालिम दिँदै आएको र यस विषयमा विभिन्न पत्रपत्रिकामा लेखसमेत लेखेको बताए। उनले आफूले पाँच हजारभन्दा बढी महिलालाई महिला हिंसाविरूद्धको तालिम दिएको दाबी गरे। ‘महिला हिंसा गरेको भन्ने प्रश्नका लागि धन्यवाद, म आफै महिला हिंसाविरूद्ध जनचेतना तालिम दिन्छु,’ उनले भने।

आफ्नो पक्षमा बोल्दै सुनारले नारी र नवनारी लगायतका पत्रिकामा महिला अधिकार तथा महिला सशक्तीकरणका विषयमा लेख प्रकाशित भएको बताए। साउदी अरेबिया लगायतका क्षेत्रमा हुने महिला बेचबिखनका विषयमा समेत आफूले लेखेको उनको भनाइ थियो। महिलाले ‘नो’ भनेपछि त्यसको अर्थ बुझ्ने गरेको उल्लेख गर्दै उनले महिला सुरक्षासम्बन्धी विभिन्न विषयमा लेख लेखेको बताए।

Nav

आफूमाथि आरोप लगाउने महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध रहेको सुनारले बताए। उनकाअनुसार सम्बन्धका क्रममा केही लेनदेनको विषयमा विवाद भएको थियो र फोनमा भनाभन भएको थियो। ‘१३ वर्षअघिको कुरा अहिले निकाल्नुको नियत के हो ? फोनमा भनाभन भएको हो,’ उनले भने।

सुनारले आफूमाथि आरोप लगाउने महिलासँग सम्बन्धित केही विवाद र घटनाका कारण आफूलाई लक्ष्य गरिएको दाबी गरे। ओशो तपोवनसम्बन्धी विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दा हारेपछि ती महिलाले आफूमाथि प्रतिशोध साँधेको उनको आरोप थियो।

आफूविरूद्ध कुनै पनि प्रहरी कार्यालयमा जाहेरी दर्ता नभएको, प्रहरीले पक्राउ पुर्जी जारी नगरेको र फौजदारी मुद्दा नलागेको उनले बताए। फोनमा भएको भनाभनलाई महिला हिंसाको संज्ञा दिइन्छ भने त्यसमा आफ्नो आपत्ति नरहेको उनले बताए। आफूले काम गर्दै आएका विभिन्न संस्थामा समेत आरोपका कारण समस्या भएको बताए।

कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ता दिएपछि ती महिलाले सामाजिक सञ्जालमा आफूलाई गाली गरेको र महिला आयोग, केयर नेपाल तथा कुमारी बैंकसँग सम्बन्धित तालिमका काममा समेत अवरोध पुर्‍याएको उनको दाबी थियो। काठमाडौं पोस्ट र माइ रिपब्लिकामा आफ्ना लेख प्रकाशित हुन रोकिएको पनि उनले बताए। ‘१३ वर्षसम्म म बोलिनँ,’ सुनारले भने।

आफू दलित र गैरदलितबीचको अन्तरजातीय विवाहसम्बन्धी विषयमा विद्यावारिधि (पीएचडी) गरिरहेको उल्लेख गर्दै उनले महिला हिंसाविरूद्ध काम गर्दै आएको व्यक्तिमाथि गलत आरोप लगाइएको बताए।

सुनारले आफूमाथि चरित्रहत्या गरिएको भन्दै दुःखसमेत व्यक्त गरे। आफूले मासिक ५० देखि ६० हजार रुपैयाँको जागिरबाट घरखर्च चलाउँदै आएको बताउँदै उनले आफ्नो परिवारले समेत यसबाट पीडा भोग्नुपरेको उल्लेख गरे। ‘म पनि बाँच्नुपर्ला। मेरो चरित्रहत्या गरिएको छ। मेरा वृद्ध बुवाआमा, श्रीमती र बहिनीले कसरी सहनुभएको होलारु’ उनले प्रश्न गरे।

आफूले गलत काम गरेको वा पैसा लेनदेनमा अनियमितता गरेको प्रमाण भए पेस गर्न चुनौती दिँदै सुनारले प्रमाणका आधारमा सजाय भोग्न तयार रहेको बताए।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...