byd
care tekar

केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि प्रस्ताव आह्वान

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि प्रस्ताव आह्वान गरेको छ । पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै रास्वपाले घरजग्गा खरिदका लागि औपचारिक रूपमा प्रस्ताव आह्वान गरेको हो।

sanjiwan
Nisharg

हाल अस्थायी व्यवस्थापनमा सञ्चालन भइरहेको केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा सार्ने केन्द्रीय समितिको निर्णय (मिति २०८३–०६–१७) बमोजिम पार्टीले यो प्रक्रिया अघि बढाएको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Nav

पार्टीले बुधवार जारी गरेको सूचनाअनुसार खरिद गरिने घर वा जग्गा आवागमनका दृष्टिले सहज ठाउँमा हुनुपर्नेछ। त्यस्तै, कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको र पर्याप्त भौतिक पूर्वाधार भएको घर वा नयाँ पूर्वाधार निर्माण गर्न पुग्ने क्षेत्रफल भएको जग्गा आवश्यक रहेको पार्टीले जनाएको छ।

HAMRO DAIRY

तोकिएको सर्त तथा मापदण्ड पूरा गर्ने इच्छुक घरधनी तथा जग्गाधनीहरूलाई सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र आफ्नो प्रस्ताव पेस गर्न रास्वपाले आग्रह गरेको छ।

यस सम्बन्धी थप विस्तृत जानकारी र आवश्यक कागजातहरू (डकुमेन्ट) पार्टीले उपलब्ध गराएको लिङ्कबाट डाउनलोड गरी हेर्न सकिने सूचनामा उल्लेख छ। स्थापनाको छोटो समयमै राष्ट्रिय राजनीतिमा उदाएको रास्वपाले पार्टी संरचनालाई संस्थागत गर्न आफ्नै भवन बनाउने कदम चालेको हो।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...