


दाङ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद खगेन्द्र सुनार पार्टीको निर्देशनपछि दाङबाट काठमाडौँ फर्किएका छन्। कार्यक्रमका लागि दाङ पुगेका उनी मंगलबार नेपालगन्ज हुँदै राजधानी फर्किएको रास्वपा दाङका सभापति किरण खनालले जानकारी दिएका छन्।



खनालका अनुसार सुनारको दाङस्थित पार्टी कार्यालयमा कार्यक्रम तय भएको थियो। तर, पार्टीबाट निर्देशन आएपछि उनी निर्धारित कार्यक्रममा सहभागी नभई काठमाडौँ फर्किएका हुन्।




खनालले भने, “उहाँको कार्यक्रम पार्टी कार्यालयमा थियो। तर पार्टीको निर्देशन आएपछि कार्यक्रममा उपस्थित नभई काठमाडौँ फर्किनुभयो।”

बागमती प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्रीसँग जोडिएको भनिएको अश्लील अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारलाई सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो।






