byd
care tekar

खगेन्द्रको अडियो प्रकरणमा झाँक्रीले भनिन्- यो सामान्य घटना होइन

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ । नेकपा एमालेकी नेतृ तथा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको भनिएको अश्लील गालीगलौज र ज्यान मार्ने धम्कीसम्बन्धी अडियो सार्वजनिक भएको घटनामा आपत्ति जनाउँदै सम्बन्धित महिला र उनका नाबालक बच्चाको तत्काल सुरक्षा सुनिश्चित गर्न माग गरेकी छन्।

sanjiwan
Nisharg

झाँक्रीले सामाजिक सञ्जालमार्फत अडियोमा महिला सांसद र उनका बच्चालाई समेत लक्षित गरी अपमानजनक शब्द प्रयोग गरिएको तथा ज्यान मार्ने धम्की दिइएको विषय गम्भीर रहेको बताएकी छन्। उनले भनिन्, ‘बच्चालाई समेत मारिदिने, रगत खाने कुरा गरेको सुनिन्छ। पब्लिक डोमेनमा सबै कुरा हाल्न पनि नमिल्ने भएकाले कन्टेन्ट एडिट गरेको देखिन्छ।’

maya metro
nagrik
Gyan Hotel
udhog

उनका अनुसार अडियोमा महिला डरका कारण बोल्न नसकेको जस्तो सुनिन्छ। बच्चालाई लक्षित गरी प्रयोग गरिएका अपमानजनक शब्दले आफूलाई समेत आक्रोशित बनाएको उल्लेख गर्दै झाँक्रीले व्यक्तिगत सम्बन्धमा बच्चाको कुनै दोष नहुने बताएकी छन्।

HAMRO DAIRY

‘उनीहरूको सम्बन्धमा बच्चाको यहाँ केको दोषरु हिंसाको पनि हद हुन्छ निरु यो घटना सामान्य छैन। बच्चामाथि एकदमै सुरक्षा खतरा छ,’ उनले भनेकी छन्।

Nav

झाँक्रीले घटनामा सबैभन्दा पहिले पीडित महिला र बच्चाको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन्। उनले नेपाल प्रहरीलाई तत्काल सुरक्षा प्रबन्ध मिलाउन तथा त्यसपछि घटनाको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही अघि बढाउन आग्रह गरेकी छन्।

‘अपराधीमाथि कारबाहीभन्दा पहिले पीडितको सुरक्षाको सवाल आउँछ। नेपाल प्रहरीले यसमा गम्भीर बनोस्। तत्काल सुरक्षा प्रबन्ध गरोस्। त्यसपछि सम्बन्धितमाथि तुरुन्त अनुसन्धान गरी कानुनी कारबाही गरियोस्,’ झाँक्रीले भनेकी छन्।

उनले रास्वपा अध्यक्ष रवि लामिछानेको पनि यस विषयमा तत्काल ध्यानाकर्षण हुनुपर्ने बताएकी छन्। घटनालाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने उनको माग छ। ‘यो तहको हिंसा किमार्थ स्वीकार्य हुन सक्दैन,’ उनले भनेकी छन्।

झाँक्रीले आफू सामान्यतया व्यक्तिका व्यक्तिगत मामिलामा चासो नराख्ने भए पनि सार्वजनिक भएको भनिएको अडियोमा हिंसा, असुरक्षा, मानसिक आघात र तनावको गम्भीर अवस्था देखिएको उल्लेख गरेकी छन्।

उनले नेपाल प्रहरीलाई महिला र बच्चाको सुरक्षामा तत्काल ध्यान दिन आग्रह गर्दै सम्भावित जोखिमलाई बेवास्ता गर्न नहुने बताएकी छन्।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...