po
care tekar

चाउचाउको बट्टाभित्र ९८२ ग्राम चरेस, कैलालीकी ५५ वर्षीया महिला पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

कैलाली । भारत–नेपाल सीमा क्षेत्रमा चाउचाउको बट्टाभित्र लुकाएर चरेस तस्करी गर्ने एक नेपाली महिला पक्राउ परेकी छन्।

sanjiwan
Nisharg

भारतको उत्तर प्रदेशस्थित खीरी जिल्लाको गौरीफन्टा प्रहरीले सशस्त्र सीमा बल (एसएसबी) सँगको संयुक्त टोलीले ९८२ ग्राम अवैध चरेससहित कैलालीकी ५५ वर्षीया सुशीला शाहलाई पक्राउ गरेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

प्रहरीका अनुसार शाहलाई असोज २६ गते बनगवाँबाट मोहना नदी घाटतर्फ जाने जंगलको कच्ची बाटोमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो। उनले चाउचाउको बट्टाभित्र पाँचवटा पोका बनाएर चरेस लुकाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

HAMRO DAIRY

पक्राउ परेकी शाह नेपालको महोत्तरी जिल्ला जलेश्वर नगरपालिका–७ की स्थायी बासिन्दा हुन्। उनको हालको ठेगाना कैलालीको धनगढी उपमहानगरपालिका–२ कटान रहेको प्रहरीले जनाएको छ।

घटनाबारे गौरीफन्टा प्रहरी थानामा शाहविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। खीरी जिल्लाका वरिष्ठ प्रहरी अधीक्षक डा। ख्याति गर्गको निर्देशनमा भारत–नेपाल सीमा क्षेत्रमा लागूऔषध तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सञ्चालन गरिएको ‘कवच योजना’अन्तर्गत उक्त कारबाही गरिएको प्रहरीले जनाएको छ।

कारबाहीमा गौरीफन्टा प्रहरी र एसएसबीको संयुक्त टोली सहभागी थियो।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...