po
care tekar

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

sanjiwan
Nisharg

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सस्तो दरका साना इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज सञ्चालनमा ल्याएको हो । टेलिकमका अनुसार उक्त प्याकेजको वार्षिक शुल्क चार हजार ९९९ रुपैयाँ तोकिएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

टेलिकमले ‘फाइबर टु द होम’ (एफटीटीएच) अन्तर्गत एनटी फाइबरका ग्राहकका लागि वाइफाई ६ प्रविधिमा आधारित नयाँ प्याकेज उपलब्ध गराउन लागेको हो ।

HAMRO DAIRY

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार वार्षिक इन्टरनेट तथा टेलिफोन प्याकेजअन्तर्गत १०० एमबीपीएस गतिको सेवाका लागि ११ हजार ४९९ रुपैयाँ र १५० एमबीपीएसका लागि १२ हजार ९९९ रुपैयाँ शुल्क लाग्नेछ । त्यसैगरी, २०० एमबीपीएस गतिको इन्टरनेट सेवा वार्षिक १६ हजार ४९९ रुपैयाँमा उपलब्ध गराइनेछ ।

टेलिकमले वार्षिक प्याकेज लिने ग्राहकलाई दैनिक ८०० देखि एक हजार एमबीसम्म मोबाइल डेटा निःशुल्क उपलब्ध गराउने जनाएको छ । नयाँ प्याकेज जडान गर्ने ग्राहकबाट ५०० रुपैयाँ जडान शुल्कसमेत नलिइने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार यी सबै नयाँ प्याकेज आजदेखि लागू हुनेछन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...