po
care tekar

बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोको २ करोड ३५ लाख राहत

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता तथा मृत्यु भएका कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले २ करोड ३५ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ।

sanjiwan
Nisharg

कम्पनीले हालसम्म ४७ जना कर्मचारीका परिवार तथा आफन्तलाई प्रतिपरिवार ५ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको जनाएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

२०८३ भदौ १० गते आएको बाढीबाट प्रभावित कर्मचारीका परिवारलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउने निर्णयअनुसार राहत वितरण गरिएको कम्पनीले जनाएको छ। आवश्यक कागजात प्राप्त भएपछि बाँकी प्रभावित परिवारलाई पनि नियमानुसार राहत उपलब्ध गराइनेछ।

HAMRO DAIRY
Nav

कम्पनीका अनुसार आयोजनामा कार्यरत नियमित तथा करार सेवाका ५० जना र दैनिक ज्यालादारीका दुई जना गरी ५२ जना कर्मचारी बेपत्ता भएका थिए। तीमध्ये एक जनाको शव पहिचान भएको थियो। त्यस्तै, विभिन्न ठेकेदार कम्पनीका ३९ जना कर्मचारी तथा कामदारसमेत बेपत्ता भएका थिए।

बाढीले आयोजनाका अधिकांश संरचनामा क्षति पुर्‍याउनुका साथै स्याफ्रुबेँसीदेखि आयोजनास्थलसम्म पुग्ने ६ वटा पक्की पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको कम्पनीले जनाएको छ। सडक तथा पुल पुनर्निर्माण नहुँदासम्म आयोजनास्थलमा आवश्यक उपकरण र निर्माण सामग्री पुर्‍याउन कठिनाइ हुने कम्पनीको भनाइ छ।

कम्पनीले राहतबाहेक दुर्घटना बीमा, सामाजिक सुरक्षा कोष, आश्रित परिवारले पाउने पेन्सन, किरिया खर्च तथा सञ्चित बिदाबापतको रकम प्राप्त गर्ने प्रक्रियामा समेत सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले पीडित परिवारले पाउन सक्ने सुविधा तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...