po
care tekar

नेपाली राजनीतिमा ‘एजेन्डा सेटिङ’ बढ्दै जानु गम्भीर चिन्ताको विषय : रिमा विश्वकर्मा

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले नेपाली राजनीतिमा रणनीतिक रूपमा व्यक्तिको छवि बिगार्ने अभियान र एजेन्डा निर्धारण बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको बताएकी छन्।

sanjiwan
Nisharg
Nav

सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएकी हुन्। उनले राजनीतिक बहस, विचार विमर्श, कार्यसम्पादन र जवाफदेहितामा केन्द्रित हुनुपर्नेमा व्यक्तिको छवि र विवादमा सीमित हुँदै गएको बताइन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

नेपाली राजनीतिमा नयाँ संस्कारको आवश्यकता औँल्याउँदै विश्वकर्माले व्यक्तिको छवि बिगार्ने प्रतिस्पर्धाभन्दा जनताको जीवन बदल्ने विचार र कामको स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएकी छन्।

HAMRO DAIRY

‘नेपाली राजनीतिमा Strategic Smear Campaign र एजेन्डा सेटिङ बढ्दै जानु गम्भीर चिन्ताको विषय हो। हाम्रा विचार विमर्श कार्यसम्पादन र जवाफदेहितामा नभएर व्यक्तिको छवि र विवादमा सीमित हुँदै छन्,’ उनले भनिन्, ‘नयाँ राजनीतिक संस्कार व्यक्तिको छवि बिगार्ने प्रतिस्पर्धा होइन, जनताको जीवन बदल्ने विचार र कामको स्वस्थ्य प्रतिस्पर्धा बन्नुपर्छ।’

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...