po
care tekar

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकता दिँदै जनतालाई केन्द्रमा राखेर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

sanjiwan
Nisharg

शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्ने बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

‘प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्छ,’ गुरुङले भने ।

HAMRO DAIRY

उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा प्रहरीको क्षमता बढाउनुपर्ने बताए । नागरिकको विश्वास जित्न प्रहरीको काम गर्ने शैली र व्यवहारमा जवाफदेहिता आवश्यक रहेको उनको भनाइ थियो ।

‘प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ,’ उनले भने, ‘सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन ।’

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...