


धनगढी । कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका करिब २ लाख ८३ हजार रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।



जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रेडिमेड कुर्ता–सुरुवाल तथा विभिन्न किराना सामान प्रहरीले बरामद गरेको हो ।





जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार ती सामान बेवारिसे अवस्थामा फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बरामद सामानको अनुमानित मूल्य २ लाख ८३ हजार ९ सय रुपैयाँ रहेको छ। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिएको जनाएको छ।






