


धनगढी । दार्चुलामा भारतबाट भन्सार छली गरी ल्याइएका ७४४ बण्डल बिडी प्रहरीले बरामद गरेको छ।



महाकाली नगरपालिका–९ स्थित मेलखेत खोलाको किनारबाट प्रहरीले भन्सार छलीका बिडी बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।





प्रहरी चौकी जलजिवीबाट खटिएको प्रहरी टोलीले शनिबार ती बिडी बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद बिडीको अनुमानित मूल्य १ लाख ४१ हजार ३ सय ६० रुपैयाँ रहेको छ। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बिडी नियन्त्रणमा लिएको जनाएको छ।






