


काठमाडौं । काभ्रे र रूपन्देहीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।



काभ्रेको पनौती नगरपालिका–५ ढलमलेस्थित मेघराज कार्कीको चिया पसलबाट शनिबार दिउँसो मेघराजसहित ४ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १९ हजार ३ सय ७५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।





यस्तै, रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गानगरस्थित सिद्धार्थ पथबाट तिलोत्तमा–६ का ३८ वर्षीय तिलक वलीसहित ७ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ४३ हजार ४ सय १० रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






