


धनगढी। महेन्द्रनगरको न्यू तहल्का होटल एण्ड लजबाट खैरो हेरोइनजस्तो देखिने ३ ग्राम पदार्थसहित एक जना पक्राउ परेका छन्।



भीमदत्त नगरपालिका–४ चम्मचोकस्थित होटलबाट शनिबार बेलुकी पक्राउ पर्नेमा बेदकोट नगरपालिका–७ निवासी ३४ वर्षीय मनोज राज भट्ट रहेको प्रहरीले जनाएको छ।





जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






