


धनगढी। अछामका एक विद्यार्थी सुर्खेतमा मृत फेला परेका छन्।



रामारोशन गाउँपालिका–५ घर भई वीरेन्द्रनगर नगरपालिका–८ रंगशालामा बस्दै आएका २६ वर्षीय राजेन्द्र रोकाय भाडाको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।





जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी इन्स्पेक्टर श्यामप्रकाश यादवका अनुसार रोकाय एक वर्षदेखि सोही घरमा बसेर लोकसेवा आयोगको तयारी गरिरहेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।






