press
po

विद्युत सर्ट हुँदा आगलागी, १६ लाख ५५ हजार बराबरको क्षति

cp new add
Nisharg hospital
dhanga
Rubic

खोटाङमा विद्युत सर्ट भएर घर जल्दा १६ लाख ५५ हजार बराबरको धनमाल नष्ट भएको छ ।

sanjiwan
Nisharg

कात्तिक ४ गते राति विद्युत सर्ट हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार घुर्चुका कृष्णकुमार राईको टिनको छानो लगाइएको ढुंगामाटोको घर, मतान र बाख्रा खोर जलेको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

आगलागीमा घर, मतान र बाख्राको खोरसहित नगद २० हजार, अन्दाजी २ लाखको भाँडावर्तन, १ लाख ५० हजारको लत्ताकपडा, १ लाख १५ हजारको अन्नपात, १ लाखको विद्युतीय सामग्री, महत्वपूर्ण कागजात जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए ।

HAMRO DAIRY

आगलागीमा खोर जल्दा दुई वटा बाख्रा र एउटा बोका जलेर मरेका छन् । इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

कृष्णकुमार हाल बैदेसिक रोजगारीका सिलसिलामा युकेमा छन् । श्रीमती तारा र छोरा मात्र रहेको घरमा आगलागी भएको हो । तारा मतानमा सुतिरहेको अवस्थामा घरबाट आगलागी सुरु भएको थियो । रातका समयमा आगलागी भएका कारण घरभित्रका कुनै पनि सामान जोगान नसकिएको स्थानीयले बताएका छन् ।

घर जलेपछि विस्थापित भएका परिवारलाई अस्थायी टहरा निर्माण सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतले बताए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...