press
po

पोखरीमा डुबेर आमा-छोरीको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका-१ आपघारीस्थित क्रसर उद्योगमा प्रयोग हुने पानी पोखरीमा डुबेर आमा-छोरीको मृत्यु भएको छ।

sanjiwan
Nisharg

दशैँ मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

प्रहरीका अनुसार बिहीबार दिउँसो आमा-छोरी पोखरीमा नुहाइरहेका थिए। सोही क्रममा बालिका खेल्ने क्रममा पोखरीमा डुबेकी थिइन्।

HAMRO DAIRY

छोरी डुबेको खबरसँगै रहेका साथीले दिएपछि उनलाई बचाउन पोखरीमा पसेकी सतीदेवीसमेत डुबेकी थिइन्। घटनामा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

दशैँ मनाउन माइती आएकी चेली र उनकी छोरीको एकैसाथ मृत्यु भएपछि परिवार तथा स्थानीयवासी शोकमा परेका छन्। घटनाबारे सिन्धुली प्रहरीले क्रसर उद्योगका सञ्चालकहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...