कञ्चनपुरबाट काठमाडौँ जादै गरेको बस पल्टेर आगलागी, ३१ जना घाइते

cp new add
Nisharg hospital
suchana

११ साउन, धनगढी । कञ्चनपुरबाट काठमाडौँ जादै गरेको बस नवलपरासी पूर्वको दाउन्नेमा पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

कञ्चनपुरबाट काठमाडौं जांदै गरेको ना५ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिंदा भएको आगलागीमा भएको बताउँदै नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले ३१ जना घाइते भएको जानकारी प्राप्त भएको जनाए । उनीहरु मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

सख्त घाइते ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डिएसपी पाठकका अनुसार बसमा ३१ जना जना सवार थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...