press
po

दसैँ मनाएर काठमाडौँ फर्किने यात्रुको चाप बढ्दै

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेका छन् । यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ ।

sanjiwan
Nisharg

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

उपत्यका फर्किने यात्रुको सङ्ख्या दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी चाप व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको कार्यालयले जनाएको छ ।

HAMRO DAIRY

उपत्यकाका प्रमुख नाकाहरूबाट दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

यस वर्ष दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजारभन्दा बढी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका थिए । दसैँ बिदा सकिएसँगै उनीहरू उपत्यका फर्किने क्रम बढेको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...