


बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–९ जुवापानीस्थित पाले सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ।



शनिबार अस्थायी प्रहरी पोष्ट रिठाबजारबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनभित्रको ओढारमा लुकाइछिपाइ राखिएको एक थान भरुवा बन्दुक बरामद गरेको हो।





बन्दुक कसले र कुन प्रयोजनका लागि राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।






