press
po

ग्यास व्यवसायीलाई भ्याट बिल जारी गर्न र उपभोक्तालाई बिल माग्न महासंघको आग्रह

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यासको बिक्री वितरणमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्नुपर्ने नेपाल आयल निगमको निर्देशनको स्वागत गरेको छ ।

sanjiwan
Nisharg

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै निगमको उक्त कदम अत्यन्तै स्वागतयोग्य रहेको बताएको हो । ९ कात्तिकमा निगमको एलपी ग्यास तथा एभिएसन विभागले सम्पूर्ण ग्यास उद्योगहरूलाई पत्राचार गर्दै बिक्रेतामार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

निगमले ग्यास बिक्रेताहरूले ग्यास बिक्री गरेपश्चात उपभोक्तालाई बिल बिजक नदिएको गुनासो बढेको बताएको थियो । ग्यासको कारोबारलाई थप व्यवस्थित तथा सुरक्षित बनाउन महासंघले यसअघि पनि पटक–पटक निगमलाई विभिन्न सुझावसहित अनुरोध गर्दै आएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

HAMRO DAIRY

ग्यासको कारोबार व्यवस्थित गर्न अनिवार्य रुपमा भ्याट बिल वा बीजक जारी गर्ने कार्य यस क्षेत्रमा एक कोशेढुङ्गाको रूपमा स्थापित हुने महासंघको ठहर छ ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सम्पूर्ण ग्यास व्यवसायीलाई आयल निगमको उक्त निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन् । साथै, महासंघले आम उपभोक्ता वर्गलाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिलरबीजक माग्न र लिने बानी बसाल्न अनुरोध गरेको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...