press
po

चक्रवात अर्नबले भारतमा ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको मृत्यु भएको छ भने ७१४ गाउँ प्रभावित भएका छन् । चक्रवातले ३० वटा घरमा क्षति पुर्‍याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

sanjiwan
Nisharg

२८ अक्टोबरको बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातले तीव्र हावाहुरी र भारी वर्षा निम्त्याएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात बिहान करिब १ः२० बजे काकीनाडानजिकै जमिनमा प्रवेश गर्न थालेको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

चक्रवातका कारण विभिन्न जिल्लामा घरका छाना उडेका छन् भने रुख र बिजुलीका खम्बा ढलेका छन् । तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन् । ओडिशाका दक्षिणी जिल्लामा समेत हावाहुरी र भारी वर्षा भइरहेको छ । धानबाली डुबानमा परेका छन् भने १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ ।

HAMRO DAIRY

कमजोर हुँदै चक्रवात, नेपालमा वर्षा र हिमपातको सम्भावना

Nav

चक्रवातको निरन्तर हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर र झोक्काको गति १५० किलोमिटरसम्म पुगेको थियो । जमिनमा प्रवेश गरेपछि यसको तीव्रता घट्दै गएको छ । सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’ रहेको प्रणालीलाई घटाएर ‘भीषण चक्रवाती आँधी’ श्रेणीमा झारिएको छ ।

बुधबार दिउँसोसम्म सामान्य चक्रवाती आँधीमा र साँझसम्म गहिरो न्यूनचापीय प्रणालीमा कमजोर हुने अनुमान गरिएको छ । यसको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलीय प्रणालीसँग मिसिएपछि वर्षा तथा हिमपात हुने मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभाव बुधबारदेखि नै देखिनेछ । बिहीबार रातिदेखि उच्च हिमाली क्षेत्रमा हिमपात तथा अन्य स्थानमा वर्षा हुने सम्भावना छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा वा हिमपात हुन सक्ने तथा एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना रहेको उनले बताइन् ।

मौसमविद् महर्जनले उच्च हिमाली क्षेत्रमा नजान, गइसकेकाहरू सुरक्षित स्थानमा फर्किन र जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेकी छन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...