


काठमाडौं । सिराहाबाट प्रहरीले ३०० ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।



लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान एक राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।





प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट ३०० ग्राम खैरो हिरोइन बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






