


काठमाडौं । गत वर्षको जेनजी आन्दोलनपछि प्रहरी हिरासतबाट फरार रहेका दुई थुनुवाई प्रहरीले पक्राउ गरेको छ ।



लागुऔषध मुद्दामा अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु र नयाँ बानेश्वरको हिरासतमा राखिएका थुनुवा फरार भएपछि पक्राउ परेका हुन् ।





रामेछाप जिल्लाको देउराली गाउँपालिका- २ घर भई काठमाडौंको माछापोखरीमा बस्ने ३६ वर्षीय कृष्णबहादुर कार्की र झापाको भद्रपुर नगरपालिका-२ घर भई काठमाडौंस्थित बानेश्वर, मिलनचोक बस्ने वर्ष ३१ शैलेश थापा मगर पक्राउ परेका हुन् । उनीहरु लागुऔषध मुद्दामा पक्राउ परेका थिए ।

प्रहरीले कार्कीलाई माछापोखरीबाट र मगरलाई बानेश्वर मिलनचोकबाट पक्राउ गरेको हो ।






