


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच गएराती बूढानीलकण्ठस्थित लामिछाने निवासमा करिब चार घण्टा छलफल भएको छ ।



स्रोतका अनुसार छलफलमा सरकारको कामको समीक्षा, अध्यादेश ल्याउने तयारी, सांसद खगेन्द्र सुनारसँग सम्बन्धित विवाद र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग जोडिएका विषयमा कुराकानी भएको थियो । मन्त्रिपरिषद् पुनर्गठन र केही राजनीतिक नियुक्तिबारे पनि छलफल भएको दाबि गरिएको छ ।





विशेष गरि प्रधानमन्त्री शाहले निजामति कर्मचारी बारे ल्याउन लागेको अध्यादेश बारे सभापति लामिछानेको सहमति खोज्ने प्रयास गरेको बुझिएको छ । सरकारले ल्याउन लागेको अध्यादेशमा गरिएको ३०-५५ को व्यवस्थाप्रति लामिछाने सकारात्मक नभएको बुझिएको छ ।

त्यस्तै भेटमा प्रहरी महानिरीक्षक कार्की बारे छलफल भएको बताइएको छ । कार्कीलाई प्रधानमन्त्रीको टिमले राजीनामाको दबाब दिएको विषय बाहिर आएपछि यो विषय तरंगित बनेको छ । यद्यपी भेटवार्ताबारे दुवै पक्षले औपचारिक विवरण सार्वजनिक गरेका छैनन् ।






