press
po

प्रहरीको पीसीसी बैठक : आईजीपीविरूद्ध ‘अनर्गल प्रचार’ गरिएको निष्कर्ष

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आकस्मिक रूपमा बोलाएको पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) बैठकमा पछिल्लो घटनाक्रमबारे ४ घण्टा छलफल भएको छ।

sanjiwan
Nisharg

बैठकमा सहभागी प्रहरीका एक जना उच्च अधिकृतका अनुसार पीसीसीमा दुई वटा विषमा मुख्य रुपमा छलफल भएको छ। इनम सापकोटाबारे भइरहेको अनुसन्धानको सूचना चुहावट र आईजीपी विरुद्ध भइरहेको प्रचारबारे छलफल भएको बैठकमा सहभागी एक उच्च प्रहरी अधिकृतले बताए।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

पछिल्लो समय आईजीपी कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्दै सार्वजनिक भएको विवरण बारे प्रहरीका उच्च अधिकृतहरूले ‘अनर्गल प्रचार’ भनेका छन् । सङ्गठन प्रमुखविरुद्ध भएको ‘अनर्गल प्रचार’ लाई सामूहिक रूपमा चिर्ने निर्णय गरिएको बैठकमा सहभागी ती अधिकृतले बताए ।

HAMRO DAIRY

आईजीपीले बोलाएको आकस्मिक पीसीसी बैठक सकियो
बैठकमा सातै प्रदेशका डीआईजीहरु, ८ जना एआईजीहरु र आईजीपी कार्कीले आफ्नो धारणा राखेका थिए । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका ईनम सापकोटा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। इनमबारे भइरहेको अनुसन्धानका विषयको सूचना चुहिएकोबारे बैठकमा छलफल भएको हो । अनुसन्धानमा रहेको विषय र सूचना बाहिर चुहावट गर्नेहरूमाथि अनुसन्धान गर्नेबारे बैठकमा छलफल भएको प्रहरी अधिकृतहरू बताउँछन् । बैठकमा सहभागी एक जना अधिकृत भन्छन्, ‘सूचना चुहिएको बारेमा कडा अनुसन्धान र कारबाही गर्नेबारे छलफल भएको छ ।

आफू विरुद्ध भइरहेको प्रचारबारे धारणा राख्दै आईजीपी कार्कीले अनर्गल प्रचार गरिएको र बाहिर आएका विवरणमा सत्यता नभएको दाबी गरेका छन् । बैठकमा उनले भने, ‘अहिले आएका विषय सत्य होइनन्, भ्रममा नपर्नु ।’

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...