


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई रोमाञ्चक खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।


आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किङ्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । तीन खेल खेलिसकेको विराटनगरले अहिलेसम्म एक खेलमा मात्रै जित निकालेको छ। अंक तालिकामा आफ्नो अवस्था सुधार गर्ने लक्ष्यसहित विराटनगर आज दोस्रो जितको खोजीमा मैदान उत्रिनेछ।






यता, जनकपुर बोल्ट्सले भने तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। राम्रो लयमा देखिएको जनकपुर आज पनि जित निकाल्दै लगातार तेस्रो सफलता हात पार्ने योजनामा हुनेछ। यता, जनकपुर बोल्ट्सले भने तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। राम्रो लयमा देखिएको जनकपुर आज पनि जित निकाल्दै लगातार तेस्रो सफलता हात पार्ने योजनामा हुनेछ।

त्यस्तै, आजै साँझ ५ बजे दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको लुम्बिनीले दुई खेल खेलेको छ। तीमध्ये एक खेलमा जित निकालेको लुम्बिनीको अर्को खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए। लुम्बिनी आज जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ।
दुई खेलले एनपीएलको अंक तालिकामा टोलीहरूको स्थान र आगामी यात्रालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।






