


सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा छर्राले लागेर एकजना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ३३ वर्षीय उत्तम रमौली मगर रहेका छन् ।



मगरको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल गण्डकमा उपचार भइरहेको छ । घटनालगत्तै उनलाई अस्पताल लगिएको थियो ।





स्थानीय गोविन्द ठाडा मगरले बाँदर धपाउन सोमबार साँझ भरुवा बन्दुक पड्काउँदा मगरलाई गोलीको छर्राले लागेको हो । बन्दुक पड्काउने मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट दुई नाल भरुवा बन्दुक बरामद भएको बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

मगरलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।






