प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक प्रेसपत्र प्रकाशित कार्तिक १७, २०८३ काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा अपरान्ह ३ बजे बस्नेगरी बोलाइएको हो । असोज ३० गतेयता बैठक बस्न सकेको थिएन । आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।