press
po

कारागारबाट सुरुङ खनेर फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिममा पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार मंगलबार बिहान साढे १० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट दुई जना फरार कैदी पक्राउ परेका हुन् ।

sanjiwan
Nisharg
Nav

चौरजहारी बेस क्याम्प र गोतामकोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट गत कात्तिक १४ गते बिहान ६ बजे फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा दामाचौरबाट आठबिसकोट नगरपालिका–९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको जिप जाँच गर्ने क्रममा उनीहरू भाग्न खोजेका थिए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रहरी टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरू कारागारबाट फरार भएका कैदी रहेको पुष्टि भएको प्रवक्ता राठौरले जानकारी दिए । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । बिक जबर्जस्ती करणीसम्बन्धी मुद्दामा र राना पनि जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

HAMRO DAIRY

पक्राउ परेका दुवै जनालाई गोतामकोट प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ । डोल्पा कारागारबाट फरार भएका आठ जनामध्ये दुई जना पक्राउ परेका छन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...