press
po

नेपालभर एउटै ब्रान्डको ग्यास सिलिन्डर ल्याउने तयारी, उपभोक्तालाई सिलिन्डर साट्नुपर्ने झन्झट हट्ने

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाण्डौ । सरकारले देशभर एउटै ब्रान्डको एलपी ग्यास सिलिन्डर लागू गर्ने तयारी थालेको छ। बजारमा विभिन्न कम्पनीका सिलिन्डर प्रयोग भइरहँदा उपभोक्ताले ग्यास सकिएपछि अर्को ब्रान्डको सिलिन्डरसँग साट्न समस्या भोग्दै आएका छन्। यही समस्या समाधान गर्ने उद्देश्यले सरकारले एउटै ब्रान्डको सिलिन्डर प्रणाली लागू गर्ने तयारी अघि बढाएको हो।

sanjiwan
Nisharg

हाल नेपालमा ५८ वटा विभिन्न ब्रान्डका एलपी ग्यास सिलिन्डर बजारमा प्रयोग भइरहेका छन्। फरक–फरक कम्पनीका सिलिन्डर भएकै कारण उपभोक्ताले एउटा ब्रान्डको सिलिन्डर लिएर अर्को ब्रान्डको ग्यास पसलमा जाँदा साट्न नपाउने वा थप झन्झट व्यहोर्नुपर्ने अवस्था छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

सरकारको प्रस्तावित योजनाअनुसार देशभर एउटै ब्रान्डको सिलिन्डर प्रयोगमा ल्याउन सके उपभोक्ताले जुनसुकै स्थानबाट पनि सहज रूपमा ग्यास सिलिन्डर साट्न सक्नेछन्। यसले ग्यास वितरण प्रणालीलाई थप व्यवस्थित र उपभोक्तामैत्री बनाउने अपेक्षा गरिएको छ।

HAMRO DAIRY

विशेषगरी एउटा कम्पनीको ग्यास प्रयोग गर्ने उपभोक्ताले अर्को कम्पनीको ग्यास पसलबाट सिलिन्डर साट्न नपाउँदा खाली सिलिन्डर बोकेर सम्बन्धित कम्पनीको डिलर खोज्नुपर्ने बाध्यता छ। एउटै ब्रान्ड लागू भएमा यस्तो समस्या हट्ने र ग्यास वितरण तथा आपूर्तिमा सहजता आउने सरकारको अपेक्षा छ।

यद्यपि, एउटै ब्रान्डको सिलिन्डर लागू गर्ने योजना कसरी कार्यान्वयन गर्ने, हाल बजारमा रहेका ५८ ब्रान्डका सिलिन्डरको व्यवस्थापन कसरी गर्ने र ग्यास उद्योगहरूलाई कसरी समेट्ने भन्ने विषयमा थप तयारी आवश्यक हुनेछ। सरकारले यस योजनालाई कार्यान्वयनमा ल्याउन सके एलपी ग्यास प्रयोग गर्ने देशभरका उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...