press
po

सुदूरपश्चिममा तत्काल प्रदेश सभाको बैठक बोलाउन कांग्रेसको माग, सर्वदलीय बैठकबारे शर्त राख्यो

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले तत्काल प्रदेश सभाको बैठक बोलाउन माग गरेको छ भने सर्वदलीय बैठक र बजेटबारेको छलफलका विषयमा केही शर्त अघि सारेको छ ।

sanjiwan
Nisharg

बुधबार निवर्तमान मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको बैठक तत्काल बोलाउन सभामुखलाई अनुरोध गर्न निर्णय गरेको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

सर्वदलीय बैठकमा सहभागी हुने विषयमा भने कांग्रेसले अनिवार्य दायित्व भएका, कर्मचारीहरुको तलब, अस्पतालको विषय लगायत अन्य जरुरी कार्यक्रम सूची कार्यान्वयनमा लैजाने र बाँकी सबै बजेट कार्यान्वयनमा नलैजाने निर्णयसहित प्रदेश सभालाई जानकारी दिनुपर्ने शर्त राखेको छ ।

HAMRO DAIRY

यसअघि नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारको राजीनामा माग गरिसकेको थियो । सोही बजेटको विषयलाई लिएर सभामुखले बोलाएको सर्वदलीय बैठकका सन्दर्भमा संसदीय दलका नेता कमलबहादुर शाह र सभामुखबीच भएको भेट तथा संवादपछि कांग्रेसले यस्तो निर्णय लिएको हो ।

प्रदेश सभामा सभामुखले सरकारले ल्याएको बजेटमा देखिएका कमजोरी अध्ययन गर्न सर्वदलीय संसदीय समिति बनाउने घोषणा गरेका थिए । सोही समितिले दिने सुझावका आधारमा पूरक बजेट ल्याउने बताएका थिए तर प्रमुख प्रतिपक्षी दल कांग्रेसले सर्वदलीय बैठक बहिष्कार गरेपछि अहिलेसम्म संसदीय समिति गठन हुन सकेको छैन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...