


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । धनतेरसको दिन सुनको मूल्य तोलामा ५ हजार ९ रुपैयाँले घटेको हो । धनतेरसका दिन सुनका गरगहना किन्ने परम्परा रहेको छ ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको मूल्य तोलाको २ लाख ८३ हजार रुपैयाँ तोकिएको छ । यसअघि सुनको मूल्य बिहीबार तोलामै १३ हजार ३ सय रुपैयाँले वृद्धि हुँदै सुनको २ लाख ८८ हजार ९ सयमा कारोबार भएको थियो ।





आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य ११० रुपैयाँले घटेको हो । महासंघले आजका लागि चाँदीको मूल्य तोलाको ३ हजार ८१० रुपैयाँ तोकिएको छ । यसअघि बिहीबार चाँदी ३ हजार ९२० रुपैयाँ तोलामा कारोबार भएको थियो ।






