press
po

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले बिहीबार रिट पेस गरेका थिए ।

sanjiwan
Nisharg
Nav

सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी कार्कीको माग छ । रिट दर्ता भइसके पनि सुनुवाइको पेसी भने तय हुन बाँकी रहेको सर्वोच्च प्रशासन स्रोतले जानकारी दियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

“उहाँको रिट दर्ता भयो । सुनुवाइको पेसी तय हुन बाँकी छ,” प्रशासन स्रोतले भन्यो । मन्त्रिपरिषद्को कात्तिक १८ को निर्णय अनुरुप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो ।

HAMRO DAIRY

सरकारले एआईजी रहेका डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरेको छ । सरकारको निर्णय रोकी पूर्ववत् रूपमा पुनर्बहाली गर्न कार्कीको सर्वोच्चसमक्ष माग छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...