


काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस श्रेष्ठले भारतमा भएको इन्डिया फाइट लिग (आईएफएल )मा सानदार जित हात पारेका छन् । कोसिसले मोहद सैफलाई पहिलो राउण्डमै टेक्निकल नकआउटका आधारमा पराजित गरेका हुन् ।



‘दी अनस्टपेबल’ निकनेमले परिचित कोसिससले दिल्ली फ्रेन्चाइजको प्रतिनिधित्व गर्दै खेलिरहेका छन् । फ्रेन्चाइज बेस्ड मिक्स मार्सल आर्ट्स कम्पिटेसन (आईएफएल) मा ६ टिमका ७२ फाइटरहरुले प्रतिस्पर्धा गर्छन् । आइएफएल युएफसी फाइट पासको रुपमा रहेको छ ।





क्रिकेटको आइपीएल र कबड्डीको प्रो कबड्डी शेलीमै यो एमएमए लिग आयोजना भइरहेको छ । पछिल्लो समयमा नेपालमा एमएमएको चर्चा बढिरहेको छ । आइएफएलमा कोसिसको सहभागिताले नेपाली एमएमएको बढ्दो चर्चालाई अझ व्यापक बनाएको छ ।

कोसिसले यसअघि श्रीलंकामा कर्मा फाइट लिग समेत खेलिसकेका छन् ।






