press
po

शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनिदियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने हामीले ?

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको दाबी गरिएको अडियोबारे धारणा सार्वजनिक गरेका छन् ।

sanjiwan
Nisharg

देउवा समूहले देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सापकोटाले कांग्रेसको आधिकारिकतासम्बन्धी दिएको भनिएको बयानबारे धारणा सार्वजनिक गरेका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ?,’ आश्चर्य व्यक्त गर्दै पूर्वसभापति देउवाले प्रश्न गरे, ‘त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले रु’

HAMRO DAIRY
Nav

देउवाले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले तत्कालीन समयमा कांग्रेसको आधिकारिकतामा आफ्नो ज्यानको खतरा रहेको कुरा बताएको आफूले सञ्चारमाध्यमबाट थाहा पाएको प्रसंग पनि सुनाए ।

‘उसबेला निर्वाचन आयोगमा पनि मुद्दा हालका थियौं हामीले । तर, निर्वाचन आयोगले, उसबेलाका प्रमुख आयुक्तले बाहिर जो न्युजमा आएको थियो है( मेरो ज्यानको खतरा भएको कारणले मैले दिएको भनेर बोलेका पनि छन्,’ उनले भने, ‘तर, त्यो महिला चाँहि ९आयुक्त जानकी तुलाधर० नडराउने, उ डराउने कहीँ हुन्छ ? पैसाको लेनदेन छ पैसाको । थाहा भइहाल्यो नि । त्यसबाट स्पष्ट भयो नि त ।’

देउवाले आफू अहिले पनि कांग्रेसको सभापति भएकाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको पनि सुनाए ।

‘म विदेश भएको समयमा यता विशेष महाधिवेशन भयो । अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन,’ उनले भने, ‘त्यसै कारणले हामीले अदालतमा मुद्दा हालेका हौं ।’

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...