press
po

सरकारले हुँदै नहुने विचित्रको काम देखाउन थाल्यो : प्रचण्ड

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन् ।

sanjiwan
Nisharg

शनिबार (कात्तिक २१) काठमाडौंमा दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक लोकार्पण गर्दै उनले विगतका वर्षमा सुशासन र विकासका क्षेत्रमा केही पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी भएको बताएका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

“केही पनि भएन ३५ वर्षमा भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी छ अहिले,” उनले भने । उनले आफू नेतृत्वको तत्कालीन सरकारलाई भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरिएको समेत उल्लेख गरे ।

HAMRO DAIRY

वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले यसका कामकाज हेर्दा हिन्दी जासुसी फिल्मजस्तो देखिएको टिप्पणी गरे । वर्तमान सरकारले हुँदै नहुने विचित्रको काम देखाउन थालेको उनले बताए ।

प्रचण्डले सुशासनका विरुद्ध लड्दा आफूहरूलाई अपदस्थ गरेकै कारण अहिले देश दुर्घटनामा गएको धारणा राखे ।

उनले कर्णालीको विकासका निम्ति आफूले विगतदेखि नै काम गरेको र शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा निकै प्रगति भएको बताए

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...