


धनगढी। कञ्चनपुरमा कौडा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।



भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोकस्थित जानकी टोलका ५३ वर्षीय रविन्द्र केसीको घरमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति छापा मारेको थियो।





प्रहरीले कौडा खेलिरहेको अवस्थामा घरधनी केसीसहित ६ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद १ लाख ४७ हजार २५६ रुपैयाँ र ३ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






