


धनगढी । अछाममा १९ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा सुर्खेतका एक युवक पक्राउ परेका छन्।



पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दहतालका २४ वर्षीय ज्ञानेन्द्र बलामी मगर रहेका छन्।





पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरी चौकी ढुंगाचाल्नाबाट खटिएको टोलीले उनलाई मंगलबार राति पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






