डोटीमा ८ वर्षदेखि फरार चोरी मुद्दाका प्रतिवादी समातिए

cp new add
Nisharg hospital
Dhangadhi

डोटी । रहजनी चोरी मुद्दामा दोषी ठहर भई ८ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–१ कफललेखी सेरीका ५० वर्षीय बाजी भुल पक्राउ परेका हुन्।

जिल्ला अदालत डोटीले २०७५ मंसिर १३ गते उनलाई रहजनी चोरी मुद्दामा २ लाख ५३ हजार १८० रुपैयाँ जरिवाना र २ महिना कैद सजाय सुनाएको थियो। त्यसयता फरार रहेका भुललाई मंसिर ३० गते राति ११ः३० बजे आफ्नै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत डोटीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...