दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले कप्तानी इनिङ्स खेल्दै अर्धशतक प्रहार गरेपछि नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोएल्सले साविक विजेता लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ५२ रन बनाए । उनले अन्तिम ओभरमा आउट हुनुअघि ५१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

टिमको स्कोर ८ रन हुँदा चौथो ओभरमै क्रिजमा पुगेका दीपेन्द्रले इशान पाण्डेसँग मिलेर अर्धशतकीय साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।

यो जोडीले चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गरे । इशान पाण्डेले २७ रन योगदान गरे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यस सिजन पहिलो खेल खेलिरहेका स्टकिस ओपनर जर्ज मन्से खेलको पहिलो बलमै आउट हुँदा सुदूरपश्चिमको सुरुवात नै खराब रह्यो । यस्तै पहिलो खेल खेलिरहेका अर्का खेलाढी तानुका दबारे नि तेस्रो ओभरमा ट्रम्पलम्यानकै बलमा विकेटकिपर निरोशन डिकवेलाबाट क्याचआउट भए ।

रुबेन ट्रमपल्मयानले पहिलो स्पेलमै ३ ओभर बलिङ गर्दा ७ रनमात्र खर्चेर २ विकेट लिएका थिए । त्यसपछि अभिशेष गौतमले ओपनर विनोद भण्डारीलाई निरोशान डिकवेलाबाटै स्टम्प पछाडी क्याच आउट गराए ।

३.१ ओभरमा ८-३ को अवस्थामा पुगेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डे ६४ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।

तर इशान १५औं ओभरको पहिलो बलमा इशान रनआउट भएपछि सुदूरपश्चिमले चौथो विकेट गुमायो । इशानले ३३ बल खेल्दै ३ चौका मदतमा २७ रन बनाए ।

त्यसपछि आएका थरिन्दु रत्नायकेलाई १६औं ओभको पहिलो बलमै शेरल मल्ले बोल्ड गरे । आरिफ शेख ६ बलमा ४ रन बनाएर आउट भए । आरिफलाई शेर मल्ले डार्शी सर्टबाट क्याचआउट गराए ।

एक छेउ सम्हालिरहेका कप्तान दीपेन्द्र पनि अन्तिम ओभरको दोस्रो बलमा आउट भए । उनलाई किशोर महतोले डार्शी सटबाट क्याचआउट गराए ।

स्कट कुगेलेइन ७ रन बनाएर अन्तिम बलमा रनआउट भए । अनिल खरेल २ रनमा अविजित रहे ।

लुम्बिनीका लागि ट्रम्पलम्यानले ४ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए । शेर मल्लले पनि २ विकेट लिए । किशोर महतो र अभिशेष गौतमले १-१ विकेट लिए । सुदूरपश्चिमका दुई खेलाडी रनआउट भए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...