press
po

रवि लामिछानेविरुद्ध उम्मेदवारी दिने पत्रकार भण्डारीको घोषणा

cp new add
Nisharg hospital
dhanga
Rubic

१२ साउन, धनगढी । सुदूरपश्चिमका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाट आफूले पनि उम्मेदवारी दिने घोषणा  गरेका छन् । भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् ।

sanjiwan
Nisharg

‘अन्ततः रवि लामिछानेबिरुद्ध संघीय चुनाउ लड्ने निर्णयमा पुगियो ! नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ,’ भण्डारीले फेसबुकमा लेखेका छन् । उनले निर्मला हत्या प्रकरणमा लामिछानेले गलत भूमिका खेलेको आरोप लगाउँदै त्यसलाई नै चुनावी एजेन्डा बनाउने समेत बताएका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

विगतमा समेत निर्मलाको हत्यामा ‘भीआईपी’ को हात रहेको दाबी गर्दै आएका भण्डारीले रवि लामिछानेले भीआईपीलाई बचाउन खोजेको आरोप पनि लगाएका छन् ।

HAMRO DAIRY

यस्तो छ भण्डारीले लेखेको स्टाटस

अन्ततः रवि लामिछानेबिरुद्ध संघीय चुनाउ लड्ने निर्णयमा पुगियो !

नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ ।

मेरो मुद्दा रहनेछ :

१– निर्मला प्रकरणमा मैले ९ जना निर्दोस बचाएँ । र, अहिले पनि म VVIP नै निर्मलाको बलात्कारी हत्यारा हो भन्नेमा ढुक्क छु । राज्य नै षडयन्त्रकारी भूमिकामा छ । कम्युनिस्टहरु मन्त्री (गृह)को छोरा बचाउन लागे । सत्तामा हुँदा करोडौं खर्च गरे छोरो बचाउन ।

२– नेपालका ठूला मिडियाका क्राइम हेर्ने पत्रकार बेचिए । उनिहरु कुहिरोमा हराएका काग जस्ता भएका छन् ।

Nav

३– नेपाल प्रहरी नेताको दास हो । अरु के भन्ने ?

४– रवि लामिछाने जस्ता कथित पत्रकार खेम भण्डारीलाई defame गर्ने र ८ प्रहरीलाई उन्मुक्ती दिलाउने काममा सीमीत भए । उनीहरुले ८ प्रहरीले सफाइ पाएपछि प्रकरण नै बिर्सिए

५– रविले शंकास्पद ८ प्रहरीका पक्षमा media trial चलाए र तिनले उन्मुक्ति पाएपछि चुप लागे । जब कि म अहिलेसम्म निर्दोश बचाउने कोसिसमा छु ।

६– रविले कहिल्यै ओली सरकारले करोडौं खर्च गरेर issue divert गरेको कुरा गरेनन । उनले होटेल ओपेराको नाम जिब्रोबाट कहिल्यै बोलेनन । यसैबाट थाह हुन्छ उनको निर्मला प्रकरण बारेको नियत ।

८– रविले खेम भण्डारीलाई बदनाम गर्न मात्रै आफ्नो उर्जा सके । हत्याराबारे उनले कहिल्यै बहस चलाएनन । मानसिक रोगी दिलिप बिस्टलाई खेम भण्डारीको सालो स्थापित गराए तर दिलिप नै अपराधी हो भन्ने उनको दावी त्यसदिन सकियो जुन दिन अंगुर जीसी लगायतका प्रहरीले सफाइ पाए ।

९– एक अवोध चेलीको बलात्कारपछी हत्या बारेमा उनले स्थलगत आउँदा एउटा र एक वर्षपछि काठमाडौंको स्टुडियोमा अर्कै बोले । आफ्नो स्थलगत रिपोर्टको कमजोरी कहिल्यै स्वीकारेनन ।

१०– मेरो दावी छ – रविले निर्मलाका हत्यारा र मतियारलाई उन्मुक्ती दिन news24 को दुरुपयोग गरे । पुडासैनी प्रकरणमा उनले सफाइ पाउनु पनि यहि कारण हो । होइन भने, मर्न लागेको मान्छेको बयानलाइ इन्कार गर्ने criminal law कहाँ छ ?

रवि लामिछाने जस्ता पाखण्डीलाई अब चुनाउको मैदानमैं नांगेझार गर्नुपर्छ । म आउंदैछु जुनसुकै निर्वाचन क्षेत्रमा उसले लडे पनि ।

एक नावालिक छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरु र ती राक्षस बचाउने मतियारको गुलाम हो रवि लामिछाने !

त्यसैले रवि लड्ने क्षेत्रमा मेरो उम्मेदवारी रहनेछ । निर्मलाको न्यायका लागि कामना गर्ने नेपाल र संसारभरीका न्यायप्रेमी मेरो समर्थनमा त्यहाँ आउने छन ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...