

कञ्चनपुर । लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय तोकिएका भीमदत्त नगरपालिका–१८ जानकी टोलका अर्जुन नेपाली पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार राति आफ्नै घरबाट पक्राउ गरेको हो।
जिल्ला अदालत कञ्चनपुरले २०८३ जेठ १३ गते लागूऔषध मुद्दामा नेपालीलाई २ वर्ष कैद सजाय सुनाएको थियो। फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

