

कैलाली । कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका करिब १ लाख ६४ हजार रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।
बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले बेवारिसे अवस्थामा ती सामान फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएका सामानमा चिनी, खाने तेल, ओखर, टायर सिल्ट, प्लास्टिक डोरी, कस्मेटिकलगायतका सामग्री रहेका छन्। बरामद सामानको अनुमानित मूल्य १ लाख ६४ हजार १५० रुपैयाँ रहेको छ।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ।

