कैलालीमा श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रीमान पुर्पक्षमा पठाइए

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ की १९ वर्षीया निलम विष्टको मृत्यु प्रकरणमा पक्राउ परेका उनका श्रीमान् आयुष कटुवाल पुर्पक्षका लागि बाल सुधार गृह चलान भएका छन् ।

जिल्ला अदालतको आदेशपछि उनलाई पुर्पक्षका लागि बाँकेको बाल सुधार गृह पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत प्रेम सम्बन्धमा जोडिएर विवाह गरेका निलम र आयुषबीच पछिल्लो समय विवाद हुँदै आएको थियो । घरमा कोही नभएका बेला निलमले विषादी सेवन गरेकी थिइन् । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

प्रहरीले निलमको मृत्युमा आत्महत्या दुरुत्साहनको आरोपमा आयुषलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अदालतको आदेशपछि उनी पुर्पक्षका लागि बाल सुधार गृह चलान भएका हुन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...