फाप्ला रंगशाला निर्माणका लागि टेन्डर आह्वान

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । सुदूरपश्चिमको बहुप्रतीक्षित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। रंगशालाको पूर्वाधार निर्माणका लागि सरकारले बोलपत्र (टेन्डर) आह्वान गरेको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीले निर्माण कार्यका लागि योग्य कम्पनीसँग विद्युतीय माध्यमबाट बोलपत्र माग गरेको हो। बोलपत्रमा सहभागी हुने निर्माण कम्पनीका लागि ५४ लाख रुपैयाँ धरौटी रकम तोकिएको छ।

टेन्डर आह्वानसँगै वर्षौंदेखि चर्चामा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको योजना कार्यान्वयनतर्फ अघि बढेको छ। यसलाई फाप्ला निर्माण अभियानमा संलग्न अभियन्ताहरूले लामो समयदेखिको सपना र संघर्षले सार्थकता पाउने दिशामा अघि बढेको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

अभियन्ताहरूका अनुसार रंगशाला निर्माणको प्रक्रिया यहाँसम्म आइपुग्न जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र राष्ट्रिय आयोजना बैंकमा समावेश गर्नेलगायतका महत्वपूर्ण चरण पार गर्नुपरेको थियो।

रंगशाला निर्माण सम्पन्न भएपछि धनगढीलाई क्रिकेटको प्रमुख केन्द्रका रूपमा विकास गर्ने र सुदूरपश्चिमको खेलकुद तथा आर्थिक गतिविधिलाई थप गति दिने अपेक्षा गरिएको छ।

यससँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका घरेलु खेल फाप्लामै आयोजना गर्ने लक्ष्यसमेत राखिएको छ। अन्तर्राष्ट्रियस्तरको पूर्वाधार निर्माण भएमा धनगढीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बाटोसमेत खुल्ने अपेक्षा गरिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...